सल्यानमा ७८ प्रतिशत मुद्दा फच्र्यौट,सम्बन्ध विच्छेदका लागि निवेदन दिने किशोरी बढि

 

मिना बुढाथोकी,  सल्यान, २८असार ।

सल्यानमा आर्थिक बर्ष ०७४/०७५ मा ७८ प्रतिशत मुद्दा फच्र्यौट भएको जिल्ला अदालत सल्यानले जनाएको छ । बितेको साउन महिना देखि असार सम्म परेका ३ सय ४५ मुद्दा मध्य  २ सय ७१ मुद्दा फच्र्यौट भएको अदालतले जनाएको हो । ७४ वटा मुद्दा भने फच्र्यौट हुन बाकी रहेका छन । गत सालको तुलनामा यस बर्ष कार्यलयले बढि मुद्दा फच्र्यौट गरेको जनाएको छ ।

चालु आवमा सम्वन्ध विच्छेदका १ सय १ र अंश सहित सम्वन्ध विच्छेदका ३२ गरी १ सय ३३ मुद्दा परेको जिल्ला न्याधिश मदन वहादुर धामीले जानकारी दिए । जिल्ला न्याधिश धामीका अनुसार १४ देखि १९ वर्ष उमेर समुहका किशोरीहरुले सवैभन्दा वढि सम्वन्ध विच्छेदको निवेदन दिने गरेका छन् ।

सम्वन्ध विच्ेछद गर्न आउने ५० प्रतिशतभन्दा वढिका वालवच्चा हुने र तिनिहरुको भविष्य अन्यौलमा हुने गरेको न्यायाधीश धामीले बताए । परिपक्व नहुदै प्रेम विवाह गर्ने र उमेर पुगेपछि सम्वन्ध विच्छेद गर्ने समस्या हुने गरेको न्यायाधीशको भनाइ छ । वैदेशिक रोजगारीका कारण पनि सम्वन्धविच्छेद हुने गरेको जिल्ला अदालत सल्यानका श्रेष्तेदार गणेश कुमार गौतमले बताए ।

गत आवमा सम्वन्ध विच्छेदका ९९ वटा मुद्दा परेकोमा यस आवमा  सय १ वटा मुद्दा परेको श्रेष्तेदार गौतमले भने  । यस्तै गत आवमा अंश दावी सहित २७ वटा मुद्दा दर्ता भएकोमा यस आवमा ३२ वटा मुद्दा दर्ता भएको उनले जानकारी दिए । यस्तै पुरुषवादी भएको एउटा मात्र मुद्दा दर्ता भएको जिल्ला अदालत सल्यानले जानकारी दिएको छ ।

यस्तै सल्यानमा यस आर्थिक वर्षमा १० वटा जवरजस्ती करणीका मुद्दा दर्ता भएका छन भने जवरवस्ती करणी उद्योग अन्तर्गत ८ वटा मुद्दा दर्ता भएको श्रेष्तेदार गौतमले बताए । यस आर्थिक वर्षमा हाडनाता करणीका २ वटा मुद्दा दर्ता भएको अदालतले जनाएको छ ।

प्रकाशित मिति : २०७५ असार २८ गते बिहिवार
प्रतिक्रिया