तुलसीपुरको एक मोवाईल पसलमा चोरी

असार २८, २०७५

तुलसीपुर,२८ असार ।

तुलसीपुरस्थित बिपी चोकमा रहेको सबिन मोबाइल पसलमा चोरी भएको छ । गए राति तुलसीपुरको मुख्य व्यापारिक केन्द्रका रुपमा रहेको विपि चोकको सो पसलबाट झण्डै नौ लाख बराबरका ब्राण्डेड मोबाइलहरु चोरी भएको प्रहरीले जनाएको छ ।

चार जनाको संख्यामा आएका व्यक्तिहरुले मुख्य सटरको लक फोडी पसलभित्र चोरी गरेको त्यहाँ राखिएको सिसी क्यामराबाट देखिएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले विभिन्न ब्राण्डका ३० वटा सेट मोबाइल चोरी भएको र चोरी गर्ने गिरोहको खोजी कार्य भइरहेको बताउनुभयो । सिसी क्यामराको फुटेजका आधारमा चोरी गर्ने समुहलाई पक्राउ गर्न मद्दत मिल्ने उनले बताएका छन ।

यसैविच,तुलसीपुरस्थित मोबाइल इलेक्ट्रोनिक संघले घटनाको विरोधमा आज बिहान सबै मोबाइल पसलहरु बन्द गरेका थिए ।  घटना प्रति तुलसीपुर उद्योग वाणिज्य संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । कार्यवहाक अध्यक्ष राम प्रसाद चालिसे र महासचिव रुप वहादुर खत्रीले संयुक्त विज्ञप्ती जारी चोरीका घटनाहरु पटक पटक दोहोरिनु दुःखत भएको भन्दै दुःख व्यक्त गरिएको छ । व्यवसायीहरुको सुरक्षामा चासो दिन र मुख्य तथा सहायक स्थानहरुमा निगरानी वढाउन स्थानिय प्रशासन संग माग गर्दछौं विज्ञप्तीमा भनिएको छ ।।

प्रतिक्रिया दिनुहोस