रातीदेखिको वर्षाले ठाउँठाउँमा बाढी र पहिरो, सडक अवरुद्ध

काठमाडौं , २८ असार ।
रातीदेखि परेको पानीका कारण ठाउँठाउँमा बाढी र पहिरो गएको छ । केही राजमार्ग अबरुद्ध भएका छन् । काभ्रेको बनेपामा पुल भत्किएपछि अरनिको राजमार्ग अवरुद्ध भएको छ । अहिले अरनिको राजमार्ग हुँदै काभ्रे, सिन्धुपाल्चोक, दोलखा, जिरी, रामेछाप लगायत ठाउँमा ओहोरदोहोर गर्ने कुनै पनि गाडी नचलेका प्रहरीले जनाएको छ ।

यसैगरी नगरकोट जाने नयाँ बाटोमा पनि पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । यस्तै, भक्तपुरका बिभिन्न ठाउँ डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढीले दुवाकोट, राधेराधे, लिबाली, लगायतका क्षेत्र डुबानमा परेको प्रहरीले जनाएको छ । सल्लाघारीमा रहेको डाक्टर इवामुरा अस्पतालमा पनि बाढीको पानी पसेको छ ।

फाईल फोटो

प्रकाशित मिति : २०७५ असार २८ गते बिहिवार
प्रतिक्रिया