एथलेटिक्स संघको अध्यक्षमा पुनः बस्नेत

तुलसीपुर,२६ असार ।
दाङ जिल्ला एथलेटिक्स सघको अध्यक्षमा गिता बस्नेत (राई) चयन हुनु भएको छ । सघको बेल्झुण्डिमा सम्पन्न तेस्रो अधिवेशनले पुनः गिता बस्नेत राईको अध्यक्षतामा ११ सदस्यीय दाङ जिल्ला एथलेटिक्स सघ पुनर्गठन गरेको हो । जसको उपाध्यक्ष द्वयमा लेखराज थापा र विस्णु प्रसाद चौधरी,सचिव लक्ष्मण बस्नेत,कोसाध्यक्षमा पाल्पी चौधरी हुनुहुन्छ ।

त्यसैगरी सदस्यहरुमा बिमल गौतम,लता थापा,संगिता शाह,निशेस अधिकारी लक्ष्मी नारायण चौधरी र केशरी गिरि रहनु भएको छ ।
अधिवेशनले यहि साउन २९ गते चितवनमा हुन गईरहेको नेपाल एथलेटिक्स सघको केन्द्रीय अधिवेशनमा दाङ जिल्लाको तर्फबाट जिल्ला अध्यक्ष गिता बस्नेतलाई प्रतिनिधि पठाउने र सघको आगामी बैठक साउन १८ गते बेल्झुण्डिमा बस्ने निर्णय गरेको छ ।

सघका अध्यक्ष गिता बस्नेतको अध्यक्षता तथा दाङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष डिल्ली बहादुर डागिको प्रमुख आतिथ्य एवं नेपाल एथलेटिक्स सघका केन्द्रिय सदस्य पद्मा चौधरीको विशिस्ट आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथी डागिले दाङको सान गौरव मिशन आठौ रास्ट्रीयको तयारिमा जुट्न सबैमा आग्रह गर्नु भएको छ । आठौ रास्ट्रीय खेलकुद प्रतियोगिता २०७५ को आयोजक जिल्ला दाङ पनि भएकाले जिल्लामा स्थापित खेलहरु सग सम्बन्धित खेलकुद सघ,खेल प्रशिक्षक र खेलाडिहरुले आ(आफ्नो तयारिलाई व्यापक बनाउनु बताउनु भयो ।

खेल पुर्वाधारको बिकासले मात्र समग्र खेल बिकासको परिकल्पना गर्न सकिने तर्क गर्नु भएका अध्यक्ष डागिले जिल्लाको भौतिक पुर्वाधार बिकासमा आफु लागिपरेको बताउनु भयो । खेल बिकासको पहिलो आधार स्तम्भ भनेको खेल पुर्वाधार बिकास हो, यसको बिकास बिना खेलकुदको बिकास सम्भव नहुने भएकाले पनि आफुले भौतिक पुर्वाधार बिकासलाई पहिलो प्राथमिकतामा राखेको समेत बताउनु भयो ।

नेपाल एथलेटिक्स सघका केन्द्रीय सदस्य पद्मा चौधरीले एथलेटिक्स गेम सबै गेमको मदर गेम भएकाले यसको बिकासमा सबैको उत्तिकै भुमिका रहनु पर्ने धारणा राख्नु भयो !साथै उहाँले एथलेटिक्स खेलको बिकासमा आफ्नो सबै प्रकारको सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो !कार्यक्रमको संचालन सघका सदस्य लक्ष्मण बस्नेतले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७५ असार २६ गते मङ्गलवार
प्रतिक्रिया