बसको ठक्करबाट तुलसीपुरमा खड्काको ज्यान गयो

तुलसीपुर, २६ असार

तुलसीपुरमा यात्रुबाहक बसको ठक्करबाट एक वृद्धको ज्यान गएको छ । ज्यान जानेमा रुकुम खलङ्गा ४ निवासी ६७ बर्षका बलबहादुर खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । तुलसीपुरको बसपार्कमा सडक पार गर्ने क्रममा ना५ख ५७६८ नम्बरको बसले पैदलयात्रु खड्कालाई विहान करिब साढे १० बजे तिर ठक्कर दिएको थियो । यात्रुलाई ठक्कर दिए लगत्तै सवारी चालक भागे पनि बसलाई पनि भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७५ असार २६ गते मङ्गलवार
प्रतिक्रिया