तुलसिपुरमा सुर्तीजन्य पदार्थ रोकथाम अभियान

असार २५, २०७५

शरद रेग्मी
दाङ २५ अषाढ / दाङको तुलसिपुरमा आजदेखि सुर्तीजन्य पदार्थ तथा नसर्ने रोग लाई रोकथाम गर्नका लागि तीन दिने अभिमुखिकरण सुरु भएको छ ।रोटरि क्लब अफ तुलसिपुर र रोट्रयाक्ट क्लब अफ तुलसिपुरको समन्वयमा सोमबार तुलसिपुर स्थित होटल वेष्र्टन प्यालेसमा विभिन्न बिधालयका ६० बढि बिधार्थि,अभिभावक र शिक्षकहरुलाई प्रशिक्षण समेत गरिएको छ ।
समाजमा विभिन्न किसिमका घरेलु हिम्सा तथा कुतलमा फसेकाहरुलाई समेत सचेत पार्दै परिणामुखि कार्यक्रम सञ्चालन गर्न भन्दै नेपाल सरकार तथा जनसंख्या मन्त्रालय सङगको सहकार्यमा तुलसिपुरमा अभिमुखि करण सञ्चालनमा ल्याईएको रोटरि क्लबका अध्यक्ष राजन्द्र प्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ ।
साथै कार्यक्रममा नसर्ने रोगका बारेमा समेत ब्यापकरुपमा छलफल तथा जानकारी गराईएको थियो । पहिलो दिन डिभाईन टेम्पल र आईडियलका बिधार्थिहरुलाई कार्यक्रममा सहभागी बनाईएको रोट्रयाक्ट क्लब अफ तुलसिपुरका अध्यक्ष रुपेश शर्माले जानकारी दिनुभएको छ ।
सोमबार मन्त्रालयका शिक्षा अधिकृत भरत कवर,स्वाथ्य अधिकृत अनिल केसि,र जनवास्थ्य निरिक्षक उमेश गौतमले सहभागी हरुलाई प्रशिक्षण दिनुभएको थियो ।
उदघाटन कार्यक्रमको सहजिकरण रोटरि क्लबका महासचिव बिनिल केसिले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस