६ जना कृषक उत्कृष्ठ राष्ट्रपति पुरस्कार द्धारा सम्मानित

तुलसीपुर, २५ असाढ
तुलसीपुर उपमहानगरपालिकाले ६ जना कृषकलाई उत्कृष्ठ राष्ट्रपति पुरस्कार २०७४ले सम्मान गरेको छ । तुलसीपुर उपमहानगरपालिका कार्यालय अन्र्गत पशु सेवा शाखाको कार्यक्रम अनुसार उपमहानगरपालिकाले सम्मान गरेको हो । उत्कृष्ट कृषक राष्ट्रपति पुरस्कारबाट सम्मानित हुनेमा तुलसीपुर उपमहानगरपालिका १९ संग्रामका भैंसीपालक कृषक हरीबहादुर रोका, तुलसीपुर उपमहानगरापलिका–३ का बंगुरपालक कृषक धनमता पुन, ६ नम्बर वडाका गाई पालक कृषक चन्द्रबहादुर डाँगी, ३ नम्बर वडाका बाख्रापालक कृषक धनबहादुर खत्री र सोही वडाकै पुष्पाञ्जली व्यवसायीक बाख्रापालन मूल समिति भट्टे, रहेको पशु सेवा शाखा तुलसीपुरका प्राविधिक सुवास शर्मााले जानकारी दिनुभयो । कृषकलाई प्रतिव्यक्ति ७/७ हजार नगद सहित प्रमाण–पत्रले तुलसीपुर उपमहागनरपालिकाका मेयर घनश्याम पाण्डेले सम्मान गर्नुभएको थियो ।
पशु सेवा शाखाले धेरै पशुपालन गर्ने, आधुनिक प्रविधि अपनाउने, भेटनरीको सरसल्लाहलाई ग्रहण गर्ने, प्रत्यक्ष सम्पर्कमा रहने र व्यवसायीक सोच र रुचि भएकालाई छनौटका लागि आधार मानेको पशुशाखा प्रमुख सुदाम भट्टले जानकारी दिनुभयो । तुलसीपुर उपमहानगरापालिकामा फर्म दर्ता गरेर व्यवसायीक कृषी पेशा गर्ने किसानको संख्या करिब एक पुगेको छ ।

 

प्रकाशित मिति : २०७५ असार २५ गते सोमवार
प्रतिक्रिया