मुस्ताङमा टिप्पर दुर्घटना: दाङका ५ र रोल्पाका ७ जना गरि १९ मजदुरको मृत्यु

तुलसीपुर,२२ असार ।

मुस्ताङमा टिप्पर दुर्घटनामा परि १९ मजदुरको ज्यान गएको छ । मुस्ताङ्गको स्याङ्बोचेमा मजदुर बोकेको ट्रिपर दुर्घटना हुँदा १९ जना मजदुरको ज्यान गएको मूस्ताङ प्रहरीले जनाएको छ । ज्यान जाने दाङका ५, रोल्पाका ७ जना,धादिङ, सिन्धुली, कपिलबस्तु, स्याङजा र कैलाली जिल्लाका मजदुरहरु रहेका छन् । ज्यान जानेमा दाङका ३० वर्षीय बालकुमार घर्ती, ३१ वर्षीया कविता घर्ती मगर, ४३ वर्षीया शान्ति थापा, ३२ वर्षीय सुवेर चौधरी र २५ वर्षीय कमल बुढा प्रहरीले जानकारी दिएको छ ।
ज्यान गएका दाङका ५ जनाको गाउँको ठेगाना भने खुलेको छैन् । अन्य ज्यान जानेहरुमा रोल्पाका १९ वर्षीय महेश रोका, ३२ वर्षीय रामकुमार पुन, ३२ वर्षीय सन्तु घर्ती र २८ वर्षीय सुकमान, ३१ वर्षीया जीतमाया घर्ती, २० वर्षीया सिर्जना घर्ती र २३ वर्षीय राष्ट्रे रोका रहेका छन् ।

त्यसै गरि धादिङ्गका २३ वर्षीय सुजन घलान, सिन्धुलीका २० वर्षीय जीवन माझी, कैलालीका २२ वर्षीया विनिता थापा, कपिलबस्तुका ३५ वर्षीय कमानसिंह रोका र स्याङ्गजाका २४ वर्षीय कृष्ण क्षेत्री रहेका छन । कालीगण्डकी करिडोर अन्तर्गत बेनी–कोरला सडकखण्डमा काम गर्ने मजदुर चढेको टिप्पर आज अपराह्न दुर्घटनामा परेको हो ।।

प्रकाशित मिति : २०७५ असार २२ गते शुक्रवार
प्रतिक्रिया