भक्ति सभाहल निर्माण सुरु

असार ११, २०७५

तुलसीपुर,११ असार ।
तुलसीपुर उपमहानगरपालिका –७ स्थीत रामजानकि मन्दिर परिसरमा भक्ति सभाहल निर्माण सुरु भएकोे छ । उक्त सभाहलको सोमवार एक कार्यक्रमका विच शिलान्यास गरीएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष यामलाल पराजुलीको अध्यक्षता तथा समाजसेवि लछिराम रेग्मीको प्रमुख आतिथ्यता एवं सरीता रेग्मीको विशिष्ठ आतिथ्यमा कार्यक्रम भएको थियो ।

ंकार्यक्रममा बोल्ने वक्ताहरुले यस क्षेत्रलाई धार्मीक गन्तव्यको रुपमा विकाश गर्न सवै लाग्नुपर्ने बताएका थिए । समाजसेवि लछिराम रेग्मीको परिवारले एक लाख एक हजार भक्ति सभभाहल निर्माणका लागि सहयोग गरेको छ । कार्यक्रममा वडा नं ७ का वडा अध्यक्ष टोपबहादुर केसी, कार्यपालिका सदस्य चित्रा मल्ल, दिपक कुमाल, नेपाल नेत्रज्ययोति संघका केन्द्रिय सदस्य एव जिल्ला सभापति कृष्ष्णकुमार गिरी, इन्जिनियर विक्रम बावु केसी,दुर्गाप्रसाद भण्डारी, सरिता रेग्मी , लगायतले शान्ति पार्क संगै सटेको रामजानकि मन्दिरको विकाश गर्नुपर्ने बताएका थिए ।

दुई सय बढी भक्तजन अटने करिव १५ लाख लागतमा सभाहल निर्माण हुने बताईएको छ । कार्यक्रमको सहजिकरण चिरञ्जिवि रिजालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस