तुलसीपुर उपमहानगरपालिकाको बजेट एक अरव ५७ करोड

तुलसीपुर १० असाढ / तुलसीपुर उपमहानगरपालिकाले आर्थिक बर्षका लागि एक अरव ५७ करोड ४१ लाख ९१ हजार २ सय ७ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जस मध्य चालु खर्च १४ करोड, ४९ लाख १८ हजार विनियोजन गरिएको छ भने पुँजिगत तर्फ एक अरब ४२ करोड, ९२ लाख, ७३ हजार २ सय सात रुपैया विनियोजन गरिएको छ । जुन रकम कुल वजेटको क्रमश ९.२ प्रतिशत र ९०.८ प्रतिशतले हुन आउछ । उपमहानगरपालिकाले चालु आर्थिक बर्षमा एक अरब १८ करोड, ३९ लाख १५ हजार ३ सय ९७ रुपैयाँको बजेट ल्याएको थियो । चालु आर्थि बर्षको तुलनामा आगामी बर्षका लागि ३९ करोड २७ लाख ५ हजार ८ सय १० रुपैयाँ बजेट बढि विनियोजन गरिएको छ ।
तेस्रो नगरसभाको दोस्रो बैठकमा उपप्रमुख माया आचार्यले आर्थिक बर्ष २०७५/०७६ का लागि पेश गरेको बजेटमा गौरबका आयोजना देखि मेयर आवास सम्मका योजना प्राथमिकतामा परेका छन् ।

बजेको पूर्ण पाठका लागि तल क्लिक गर्नुहोस

तुलसीपुर उपमहानगरपालिको आर्थिक बर्ष २०७५०७६ को बजेट

 

प्रकाशित मिति : २०७५ असार १० गते आइतवार
प्रतिक्रिया