किसानको गुनासो– ‘चल्ला पाल्ने हामी, मुल्य तोक्ने अरु’

असार ०९, २०७५

बसन्त परियार,तुलसीपुर ९ असार ।
आफुले पालेका चल्लाको मुल्य आफैले तोक्न पाउनुपर्ने तुलसीपुरका कुखुरा पालक ब्यवसायीहरुले गुनासो गरेका छन । चल्लाको बच्चा, दाना र औषधि किन्दा उनिहरुले भनेकै मुल्यमा किन्नुपर्ने तर चल्लाको मुल्य तोक्न हामिले किन नपाउने तुलसीपुर ८ कटकुईयाका शेरबहादुर वलीले भन्नुभयो ।

किसान सरोकार मञ्च तुलसीपुरले शनिवार गरेको अन्र्तक्रिया कार्यक्रममा सहभागि किसानहरुले आफ्ना गुनासै गुनासो पोखेका थिए । सप्लायर्सहरुले मनपरि मुल्य लगाउदा आफ्नो ब्यवसायी धरासायी भएको अर्का ब्यवसायी तुलसीपुर – ३ भट्ट्ेका भुपसिंह खत्रिले बताउनुभयो ।

‘चल्ला खोरमा राखेर के गर्नु उनिहरुले भनेकै मुल्यमा दिनुपर्छ’ खत्रिले भन्नुभयो । तुलसीपुरका किसानहरुले गर्दा घोराहीका ब्यवसायीहरु समेत असर गरेको कुखुरा पालकसंघ घोराहीका उपाध्यक्ष मोहन आचार्यले भन्नुभयो । तुलसीपुरका किसानले सस्तोमा बेच्नुहुन्छ हामि घोराहीका किसानहरु मारमा छौ, आचार्यले बताउनुभयो ।

सप्लायर्सहरुले यँहाका कुखुरा घोराही सम्म लगेर बेच्दा हामि थप मुल्य लगाउन सकेका छैनौ उहाको भनाई छ । मुल्यमा एक रुपता ल्याउनका लागि तुलसीपुरका फ्रेस हाउस,सप्लायर्स र किसानका विचमा सहकार्य गरौ भन्दा नमानेको किसान सरोकार मञ्च तुलसीपुरका अध्यक्ष गेमलाल न्यौपानेले बताउनुभयो ।

‘एकलौटि रुपमा उनिहरु रजाई गर्न चाहन्छन,किन सहकार्य गर्लान ’ अध्यक्ष न्यौपानेले भन्नुभयो । यसैैविच तुलसीपुर उपमहानगरका नगर प्र्रमुख घनश्याम पाण्डेले कृषिलाई गुजारामुखि मात्र नभएर ब्यवसायीमुखि बनाउन आग्रह गर्नुभएको छ । उत्पादनलाई दोव्वर गर्न सके मात्र समाज समृद्ध बन्ने उहाले बताउनुभयो ।

कार्यक्रममका प्रमुख अतिथि रहेका पाण्डेले आगामि आर्थिक बर्ष बाट ब्यवसायी किसान परिचय पत्र समेत बाडिने जानकारी दिनुभयो । किसानहरु लाई हेर्ने दृष्टिकोणमा परीवर्तन ल्याउन आवस्यक रहेको उहाले बताउनुभयो । यसका साथै किसानहरुका समस्या समाधन गर्न पशु उपचार गर्न ल्याव र एम्बुलेन्सको ब्यवस्था गरिने उहाले जानकारी दिनुभयो । कार्यक्रममा कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष झनक पौडेल,पशु कार्यालय तुलसीपुरका सुदाम भट्ट,भत्तपुरकि ब्यवासयी सुनिता कार्कि,देव थापा लगायतले बोल्नुभएको थियो ।

किसान सरोकार मञ्च तुलसीपुरका अध्यक्ष डेमलाल न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सचिब हेम बहादुर वलीले गरेका थिए । कार्यक्रममा झण्डै एक सय कुखुरा पालक ब्यवसायीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस