मनसुन अझै सक्रिय भएन

तुलसीपुर,६ असार ।
पूर्वी नेपालबाट २५ जेठमा प्रवेश गरेको मनसुन देशैभर अझै सक्रिय हुन सकेको छैन । कमजोर रूपमा मनसुन नेपाल प्रवेश गरेका कारण सक्रिय हुन ढिलाइ भएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् वरुण पौडेलका अनुसार बंगालको खाडीबाट कमजोर रूपमा जलवाष्पयुक्त हावा प्रवेश गरेकाले मनसुनमा ढिलाइ भएको हो ।

११ दिन बितिसक्दा पनि मनसुन पूर्वी नेपालमै केन्द्रित छ । अझै पश्चिम नेपालमा पश्चिमी वायुको प्रभाव रहेको पौडेलले बताउनुभयो । केही दिनअघि पश्चिमी वायुको प्रभाव हुँदा काठमाडौंसहित पश्चिम नेपालका केही ठाउँमा वर्षासमेत भएको थियो । आज उपत्यकासहित पूर्वी नेपालका धेरैजसो क्षेत्रमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०७५ असार ६ गते बुधवार
प्रतिक्रिया