डिभाईन र अमर ईन्टर स्कुल क्रीकेटको उपाधी होडमा

लक्ष्मण बस्नेत, ५ असार ।
तुलसीपुर अरनिको मैदानमा जारि डिभाईन ईन्टर स्कुल टि–२० क्रीकेट प्रतियोगिताको उपाधिका लागि डिभाईन टेम्पल एकाडेमी र अमर बोर्डिङ स्कुल कालाखोला भिड्ने भएका छ्न । डिभाईन टेम्पल एकाडेमी तुलसिपुरको आयोजनामा संचालित प्रतियोगिताको सेमिफाइनल खेलमा राप्ती बाल एकाडेमिलाई २९ रनले पराजित गर्दै अमरले फाइनल यात्रा तय गरेको हो ।

त्यस्तै आज सम्पन्न दोस्रो सेमिफाईनल खेलमा हिमाल एकाडेमिलाई ४५ रनले पराजित गर्दै डिभाईन टेम्पल एकाडेमिले अमर सँगको फाईनल भिड्न्त पक्का गरेको हो । उपाधिका लागि दुबै टिम सशक्त र उत्तिकै दावेर भएकाले फाईनल भिड्न्त कडा प्रतिस्पर्धा अनि रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

फाईनल भिडन्त बुधबार दिउँसो २ बजे हुनेछ । असार ६ गते सम्म चल्ने प्रतियोगितामा क्षेत्र न ३ अन्तरगतका १७ निजि बिधालयको सहभागिता रहेको थियो । बिद्यालय स्तरमा खेलकुदको पहुँच अभिवृद्धि गर्ने र प्रतिभाहरुलाई क्रीकेट खेलमा स्थापित गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको बिजेताले नगद २० हजार र उपबिजेताले नगद १० हजार साथमा ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्ने आयोजकले जनाएको छ ।

यसैबिच बुधबार हुने प्रतियोगिताको फाईनल तथा समापन समारोहमा उपस्थितिका आयोजकले खेलप्रेमी,खेलाडी,सघ सस्था ,बुद्धिजीवी पत्रकार लगाएत सबै अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७५ असार ५ गते मङ्गलवार
प्रतिक्रिया