जनता टेलिभिजनको प्रदेश ५ कार्यालय बुटवलमा

बुटवल ,५ असार।

रुपन्देहीको बुटवलमा जनता टेलिभिजनको प्रदेश ५ कार्यालयको उद्घाटन गरिएको छ । आज प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंखर पोखरेलले कार्यलयको उद्घाटन गर्नुभएको हो । कार्यालय उद्घाटन समारोहलार्इ सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले राज्य र सञ्चार माध्यम एक अर्काका पुरक भएकाले मिडियाले राज्यका सकारात्मक कुरा फैलाउन आवश्यक रहेको बताउनुभयो ।

केन्द्रको तुलनामा जनतासँग प्रदेश नजिक रहकोले मुलुकको ससमृद्धिका लागि केन्द्र र प्रदेशसँगै मिलेर जानु पर्ने बताउनुभयो । जनताका अधिकारका लागि केन्द्रसँग जोड्न प्रदेश निर्णायक तहमा रहेकाले प्रदेशलाई बलियो बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । साधन स्रोतको अभाब रहेको देखाएर जिम्मेवारीबाट प्रदेश र स्थानीय सरकार पन्छिन नहुने मुख्यमन्त्री पोखरेलको भनाई छ ।

कार्यक्रममा जनता प्रसारण तथा प्रकाशन प्रालिका अध्यक्ष डा विजय पौडेलले समृद्धिका लागि सकारले करको दायरा बढाएर उद्यमीहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उहाँले जनता टेलिभिजनले नयाँ ढङ्गले सञ्चार क्षेत्रलाई जनताको समृद्धिका लागि प्रयास गरिरहेको बताउनुभयो । समाजमा दबेर रहेका जनताको आवाजलाई बुलन्द गर्नु नै वनता टेलिभिजनको उदेश्य रहेको उहाँको भनाई छ ।

कार्यक्रममा उपसभामुख कृष्णी थारु, नेपाली कांग्रेस संसदीय दलका नेता बल देब शर्मा, प्रदेश नम्बर ५ का ३० बढी सांसद, रुपन्देहीका स्थानीय तहका प्रमुख र उपप्रमुख लागाएतको उपस्थिती रहेको थियो । जनता टेलिभिजनले यसअघि प्रदेश नम्बर ४ को पोखरा, प्रदेश नम्बर ७ को घनगढीमा प्रदेश कार्यलय खोलिसकेको छ ।

प्रकाशित मिति : २०७५ असार ५ गते मङ्गलवार
प्रतिक्रिया