पहुँचका आधारमा योजना छनौट नगर्न आग्रह

तुलसीपुर ४ असाढ / तुलसीपुर उपमहानगरपालिका – ६ नम्बर वडाले योजना छनौट अभियानलाई तिब्र पारेको छ । वडाले प्रत्यक गाउँ –टोलमा पुगेर योजना छनौटका लागि सुझाव संकल गरिरहेको छ । बरुवा गाउँमा भएको सुझाव संकलन कार्यक्रममा स्थानीयले खानेपानी, विद्युत, सिचाई, सडक, नाला लगाएतका विविधि समस्या रहेको भन्दै गौरबका योजनालाई प्राथामिकता राख्न आग्रह गरेका थिए ।
पहूँचका आधारमा भन्दा पनि समस्या र पहिचानका आधारमा बजेट विनियोजन गर्नु पर्ने भन्दै बढी जनसंख्या लाभाविन्त हुने योजना छनौट गर्नु पर्ने बताए ।
सो अवसरमा वडा अध्यक्ष नवराज लामीछानेले अधिकतम रुपमा उपभोक्तालाई बढी भन्दा बढी प्रत्यक्ष फाईदा हुने योजनलाई प्रथामिकता दिने बताउनुभयो । सबै योजना एकै पटक सम्पन्न नहुने भएकाले नआत्तिन र निराश नहुन आग्रह गर्दै अध्यक्ष लामीछानेले समानरुपले विकास गर्ने बताउनुभयो ।
कार्यक्रममा राप्ती अंचल अस्पताल विकास समितिका अध्यक्ष विष्णकुमार देवकोटा, तुलसीपुर खानेपानी संस्थाका सीताराम शर्मा, खेलाडी पदमा चौधरी, स्वर्गद्धारी टोलविकास संस्थाका शेरबहादुर बस्नेत, सम्झना टोलबाट पुष्कर सुनार, खैराबाङ टोलबाट इन्द्रबहादुर बुढाथोकी लगाएतले बोलेका थिए । कार्यक्रमको सहजीकरण समाजीक परिचालक नानीमैया वलीले गर्नुभएको थियो ।

 

 

प्रकाशित मिति : २०७५ असार ५ गते मङ्गलवार
प्रतिक्रिया