तुलसीपुरको रुकमेलि होटलमा अबैध यौन धन्दा, दुई महिला र तीन पुरुष परे प्रहरीको फन्दामा

तुलसीपुर,३ असार ।

अबैध यौन धन्दा गरेको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । तुलसीपुरको बाहिनिचौकमा रहेको रुकुमेलि होटलबाट उनिहरुलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । होटल संचालिका सहित एक यूवति र ३ जना पुरुष लाई आज सांझ नियन्त्रणमा लिईएको डिएसपि प्रकाश सापकोटाले बताएका छन ।

उनिहरुको नाम खुलाइएको छैन । यसवारेमा अनुसन्धान भैरहेको जनाइएको छ । यस अघि पनि सोहि होटलबाट प्रहरीले यौन धन्दा गरेको भन्दै महिला र पुरुषलाई नियन्त्रणमा लिएको थियो ।

 

प्रकाशित मिति : २०७५ असार ३ गते आइतवार
प्रतिक्रिया