वडा नम्बर १५ फाईनलमा प्रवेश

तुलसीपुर,३१ जेठ ।

तुलसीपुरमा जारी मेयर कप फुटवल प्रतियोगितामा वडा नम्बर १५ फाईनलमा प्रवेश गरेको छ । वडा नम्बर ६ लाई पेनाल्टीमा ३–२ गोलको अन्तरमा वडा नम्बर १५ विजयी भएको हो । कडा प्रतिष्पर्धाका विचमा निर्धारीत समयमा कुनै गोल हुन नसकेपछि खेल पेनाल्टीमा गएको थियो ।

हिजो साँझ पाँच/पाँच जनाले पेनाल्टी हान्दा बराबरी भएपछि आज विहान तीन /तीन जनाको विचमा पेनाल्टी भएको थियो । जसमा वडा नम्बर १५ बाट ३ र वडा नम्बर ६ बाट २ गोल भएको थियो । अव फाईनलमा वडा नम्बर १५ र ५ भिड्ने छन । खेल दिउसो २ बजे बाट सुरु हुने छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ ३१ गते बिहिवार
प्रतिक्रिया