दाङमा जबरजस्ती करणी गरेको भन्दै १४ वर्षीय बालक समातिए, अदालतमा भयो मुद्धा दर्ता

ओमप्रकाश गुप्ता, भालुवाङ ३१ जेठ ।
ईलाका प्रहरी कार्यालय गढवाले ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १४ वर्षीय बालकलाई पक्राउ गरेर मुद्दा दर्ता गरेको छ । राजपुर गाउँपालिका निवासी ती बालकले ६ वर्षीय बालिकालाई घरमा कोही नभएको मौका छोपी गोठमा लगेर करणी गरेको प्रहरीले जनाएको छ ।

करणी गर्नेलाई कानुनी कारवाहीको लागि अदालतमा मुद्दा दर्ता गरिएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख पञ्चलाल गोलेले जानकारी दिए । जेठ २६ गते घटना घटेको र पिडित पक्षले प्रहरीमा उजुरी गरेपछि घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ ३१ गते बिहिवार
प्रतिक्रिया