हरेकको घर आगँनमा स्वास्थ्य सेवा: मेयर पाण्डे

तुलसीपुर,  ३१ जेठ ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले हरेक वडावासीको घर आगँनमा स्वास्थ्य सेवा पु¥याउने प्रतिवद्धता व्यक्त गरेका छन् । स्वस्थ मान्छेले नै स्वस्थ समाज र देशको निर्माण गर्न सक्ने भएकाले स्वास्थ्य सेवालाई उपमहानगरपालिकाले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको पनि उनले वताए ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ पर्सेनीका शहरी स्वास्थ्य क्लिनीकको उद्घाटन गर्दै नगरप्रमुख पाण्डेले चुनावका क्रममा आफुले गरेका प्रतिवद्धताहरुलाई चिनो लगाएर काम गरिरहेको वताए । मान्छे विलासी वन्दै जाँदा विभिन्न रोगको सिकार भएकाले श्रम गर्ने वानीको विकास गर्नुपर्ने कुरामा पनि उनले जोड दिए ।

स्वास्थ रहनका लागि जीवनशैली र खानपानमा विशेष जोड दिनुपर्ने वताउँदै उनले प्राङ्गारिक खेती प्रणालीमा जोड दिन सके धेरै रोगबाट वच्न सकिने समेत वताए । वडाध्यक्ष टोपवहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगर स्वास्थ्य शाखा प्रमुख डा. गोकर्ण दाहाल, हेल्थ असिस्टेन्ट विमल केसी, मेलमिलाप केन्द्रकी मनकुमारी विक, आमा समुहकी पद्मा विक लगायतले मन्तव्य राखेका थिए कार्यक्रमको सहजीकरण सामाजिक परिचालक लिना शर्माले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७५ जेष्ठ ३१ गते बिहिवार
प्रतिक्रिया