तुलसीपुरको मासुमण्डी अझै सुध्रिएन

तुलसीपुर,३० जेठ ।

पशु सेवा शाखा कार्यालय तुलसीपुरको अघुवाईमा मासुमण्डीको अनुगमन गरिएको छ । अनुगमनका क्रममा उलेख्य रुपमा सुधार नआएको अनुगमन टोलीको ठम्याई छ । मासुमा झिंँगा लागेको,जाली नलागाइएको,मासु झुण्डाउने हुकमा खिया लागेको पाईएको पशु कार्यालयका प्रमुख सुदाम भट्टले बताएका छन ।

यस्तै बधशालामा कुकुरले मासु लुछिरहेको भेटिएको थियो । खसी र कुखुराको मासु पाईने ठाउमा केहि सुधार आएपनि राँगा र बँगुरको मासु पाईने स्थानमा सुधार नआएको उपभोक्ता खाद्य अधिकारका केशव शर्माले बताएका छन । यस अघिको तुलनामा केहि पसलहरुमा सुधार आएपनि पुर्ण रुपमा नसुधारीएको टोलीले निष्कर्श निकोलेको छ ।

अनुगमनका क्रममा जनप्रतिनिधि,पशु चिकित्सक,पत्रकार लगायतको सहभागिता रहेको थियो । सो अवसरमा मासु ब्यावसायीहरुले फोहर ब्यवस्थापनमा उपमहानगरपालीकाले चासो नदिएको आरोप लगाएका थिए ।

प्रकाशित मिति : २०७५ जेष्ठ ३० गते बुधवार
प्रतिक्रिया