गर्मि बिदा भन्दै तुलसीपुरका केहि सस्थागत बिद्यालय हल्लैहल्लामा बन्द

तुलसीपुर , २९ जेठ । दाङमा अत्यधिक गर्मि बढ्दै गएको छ । गर्मि बढ्दै गएपछि जनजिवन प्रभावित भएको छ । गर्मिका कारण अस्पतालमा पनि विरामीको संख्या बढ्ने गरेको अस्पताल प्रशासनको भनाई छ । यस्तै गर्मि बढेसंगै दाङका सस्थागत विद्यालयहरुले केहि दिन गर्मि बिदा दिने भएका छन् । एन प्याब्सन र प्याब्सनले गर्मि मौसमलाई मध्यनजर गदै दाङमा बुधवार देखी संस्थागत विद्यालय बन्द गरिने तुलसीपुर उपमहानगरपालिका प्याब्सनका संयोजक मधुसुधन केसीले बताएका छन् ।

तर संस्थागत विद्यालय बन्द हुने हल्लै हल्लामा तुलसीपुर क्षेत्रका कतिपय संस्थागत विद्यालय मंगलवार देखी बन्द भएका छन् । संयोजक केसीका अनुसार मंगलवार देखी गर्मि विदा गर्ने कुरा भएपनि जिल्ला तहबाट निर्णय नभएको हुदा बुधवार देखी मात्र विदा गरिने भएको छ ।

कतिपयले आधिकारीक जानकारी नभएको भन्दै विद्यालय सन्चालन गरेको बताईएको छ । संयोजक केसीका अनुसार एन प्याब्सन र प्याब्सन जिल्ला कार्यसमिति संग मंगलवार सहमति भएको भन्दै बुधावर देखी असार १ गतेसम्म दाङका सवै संस्थागत विद्यालयमा गर्मि बिदा दिने निर्णय भएको जानकारी दिएका छन् ।

यस्तै अत्यधिक गर्मीका कारण कपिलवस्तुका विद्यालयहरू मंगलबारदेखि बन्द गरिएका छन । सामुदायिक तथा निजी र संस्थागत विद्यालय छ दिनका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ २९ गते मङ्गलवार
प्रतिक्रिया