जारी मेयर कपमा वडा नम्बर १५ र ६ विजयी

तुलसीपुर,२९ जेठ ।
तुलसीपुरमा जारी मेयर कप फुटवल प्रतियोगितामा वडा नम्बर १५ र ६ विजयी भएका छन । वडा नम्बर १५ र ९ को निकै कडा प्रतिस्पर्धा खेलमा गोल हुन नसकेपछि खेल पेनाल्टीमा गएको थियो । जसमा वडा नम्बर १५ ३-१ ले विजयी भएको थियो । बलियो टिमका रुपमा मानिएको वडा नम्बर ९ लाई हराएर वडा नम्बर १५ बलियो टिमका रुपमा सावित भएको छ ।

यस्तै, वडा नम्बर ६ र १० का विचमा भएको खेलमा वडा नम्बर ६ विजयी भएको छ । खेलको सुरुमै वडा नम्बर १० ले गोल गरेको थियो । त्यसपछि दोस्रो हाफको केहि समयमा बराबरी गोल फर्काएको वडा नम्बर ६ ले फेरि अर्को एक गोल गरेको थियोे ।

प्रकाशित मिति : २०७५ जेष्ठ २९ गते मङ्गलवार
प्रतिक्रिया