दाङमा एक महिला माथि कुटपिट गर्ने दुई जना विरुद्ध सार्वजनिक मुद्धा दर्ता

तुलसीपुर, २८ जेठ । दाङमा एक महिला माथि निर्घाट कुटपिट गर्ने दुई जना विरुद्ध सार्वजनिक अपराधको मुद्धा दर्ता गरीएको छ । राप्ती गाउँपालिका १ भालुवाङमा अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका ९ ठाडाखोला निवासी वर्ष ३८ वर्षिया दिलमाया पुनलाई कुटपिट गर्ने भालुवाङ निवासी २९ वर्षकि अनिता गुप्ता र ३५ वर्षकी रेखा गुप्तालाई म्याद थप गरी उनीहरु विरुद्ध आज जिल्ला प्रशासन कार्यालय दाङमा सार्वजनिक मुद्धा दर्ता गरीएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

उनीहरुले पुनलाई निर्घात कुटपिट गरेको बताइएको छ । घटना गएको शुक्रवार हो । कुटपिट गर्ने दुई जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।उनीहरुले सार्वजनिक स्थानमा कुटपिट गरेको भन्दै उनीहरुलाई सार्वजनिक मुद्धा दर्ता गरीएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक रविन्द्रराज पाण्डेले जानकारी दिएका छन् ।
जग्गाको विषयमा उनीहरुले आफुमाथी कुटपिट गरेको पिडितले प्रहरी समक्ष बताएकी छिन् ।

पुरानो भालुवाङ बजार स्थीत नगरविकास समितिको पश्चिम क्षेत्रमा आफुले किनेको जग्गा हेर्न आएको बेला उनीहरुले ५० हजार रुपैयामा जग्गा बिक्री गर्न आग्रह गरेको पिडितको भनाई छ । उनीहरुको आग्रहलाई आफुले नमानेपछि आफुमाथी आक्रमण भएको पिडितको भनाई छ । साथै घटनामा सम्लग्न अन्य व्यक्तिहरुको समेत अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ २८ गते सोमवार
प्रतिक्रिया