चन्द्रबिर वलीलाइ खाद्यन्न सहयोग

जेठ २७, २०७५

तुलसीपुर, २७ जेष्ठ

राष्ट्रिय स्वास्थयकर्मी संघ नेपाल दाङले तुलसीपुर उपमहानगरपालिका ३, साततले निवासी चन्द्रबिर वलीको परिवारलाई करिब १२ हजार बराबरको खाद्यन्न वितरण गरेको छ । केहि समय अघि दुई किलोमिटर सडक खनेर चर्चामा आएका वलीलाई संघको १३ औं स्थापना दिवसको अवसरमा घरमै पुगेर खाद्यन्न वितरण गरिएको हो ।

विभिन्न संघ संस्था र व्यक्तिको पहलमा संकलित खाद्यन्न र तेल तुलसीपुर उपमहागनरपालिकाका मेयर घनश्याम पाण्डेले ७४ बर्षीय वलीलाई हस्तान्तरण गर्नुभएको हो ।

राहात हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर पाण्डेले कुनै समस्या भए निर्धक्का साथ उपमहानगरपालिकालाई भन्न आग्रह गरे । दृष्टिविहिन परिवार एक्लो नभएको भन्दै समाज र राज्य पनि साथमा भएको बताउदै पिउने पानीका लागि पाइप विस्तारका लागि २ सय मिटर पाईप उपमहानगरपालिकाले उपलब्ध गराई दिने पाण्डेले बताए ।

सो अवसरमा उमेयर माया आचार्य, नेकपाका नेता शोभाराम बस्नेत, राष्ट्रिय स्वास्थ्य कर्मी संघका केन्द्रिय सचिव मदन वली, नेपाल निजामति कर्मचारी संगठनका उपाध्यक्ष नारायण घर्ति, लगाएतले बोलेका थिए ।

संघका अध्यक्ष विष्णुकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव बिमल केसीले गरेका थिए भने स्वागत सदस्य दोर्ण वलीले गरेका थिए । एघार जना परिवार मध्य तीन जना बाहयक सबै परिवार दृष्टिविहिन छन् ।

 

प्रतिक्रिया दिनुहोस