सूचना प्रविधि विज्ञहरुको भेला तुलसीपुरमा सम्पन्न

तुलसीपुर, २६ जेठ

सूचना प्रविधि विज्ञहरुको भेला तुलसीपुरमा सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै सूचना प्रविधि समाजका निवर्तमान महासचिव घनश्याम खनालले पछिल्लो समय बढ्दै गएको सूचना प्रविधिलाई उपयोग गर्नसके गुणात्मक रुमपा समाजले फट्को मार्ने बताउनुभयो । प्रविधिलाई अंगाल्ने देशहरु आर्थिक, सामाजिक, राजनैतिक, हरेक दृष्टिकोणले अगाडि रहेको भन्दै खनालले पछिल्लो समय नेपालमा पनि यसको प्रयोग बढ्दै गएको बताउनुभयो । सूचना प्रविधि समाजका सचिव युवराज आचार्यको अध्यक्षतामा सम्पन्न भेलाले सूचना प्रविधि समाज दाङ जिल्ला कार्य समिति समेत गठन गरेको छ ।

जसको अध्यक्षमा शिशिर पौडेल, उपाध्यक्षमा रोमकान्त शर्मा, सचिव वुद्धिराज पौडेल, कोषाध्यक्ष प्रसंशा देवकोटा, सदस्यहरुमा यम सोती, मदन लामीछाने, प्रशित आचार्य रहनु भएको छ । भेलामा दाङका विभिन्न सरकारी तथा गैरसरकारी, कार्यालहरुमा कार्यरत आई.टि इन्जियिरहरुको सहभागिता रहेको थियो । यसैविच शनिबार बसेको सूचना प्रविधि समाज दाङ जिल्ला कार्य समितिको बैठकले आगामी असाढ ९ गते तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा हरेका विद्यालयका शिक्षक र विद्यार्थीलाई सार्वजनिक सूचना प्रणाली र साइबार क्राईमका विषयमा जनचेतनामुलक कार्यक्रम गर्ने निर्णय गरेको छ ।

 

 

प्रकाशित मिति : २०७५ जेष्ठ २६ गते शनिवार
प्रतिक्रिया