शिक्षकले गरे घोराहीमा रक्तदान

जेठ २६, २०७५

तुलसीपुर, २६ जेठ
नेपाल राष्ट्रिय शिक्षक संगठन घोराही नगर समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन घोराही नगर समितिका अध्यक्ष ज्ञानेन्द्र गौतमको अध्यक्षता एवम संगठनका दाङ जिल्ला सचिव मिनराज शर्माको प्रमुख आथित्यमा भएको कार्यक्रममा राजेन्द्र प्रसाद भट्टराई, तुलसी शर्मा, कमल वली, विकास चौधरी, लालमणी खड्का, सत्या गौतम, मिनराज शर्मा, गौंरीशंकर वली लगाएतले रक्तदान गरेका थिए । रक्तदान घोराहीको ब्लड बैंक घोराहीमा गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस