तुलसीपुरमा मेयर कप फुटवल प्रतियोगिता सुरु, पहिलो खेलमा वडा नम्बर १५ विजयी

तुलसीपुर,२५ जेठ ।
तुलसीपुर उपमहानगरपालीकाको आयोजनामा आज देखि प्रथम मेयर कप फुटवल प्रतियोगिता २०७५ सुरु भएको छ । श्वास्थ्यको लागि खेल कुद,राष्टका लागि खेलकुद भन्ने नाराका साथ सुरु भएको प्रतियोगिताको नगर प्रमुख घनश्याम पाण्डेले उद्घाटन गरेका हुन । उद्घाटन अवसरमा बोल्दै नगर प्रमुख पाण्डेले खेल क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन । उनले तुलसीपुर लाई नेपालकै पहिलो खेल नगरका रुपमा घोषणा गरिने बताएका छन ।

स्वास्थ्यका लागि पनि खेलकुद आवस्यक रहेको भन्दै खेलप्रति रुचि जगाउनुपर्ने नगर प्रमुख पाण्डेले बताएका थिए । यँहाका हरेक खेलाडिहरु लाई चिनाउनका लागि यस्ता प्रतियोगिताले महत्व राख्नेमा उनले जोड दिएका थिए । खेल संयोजक अमर नेपालीको अध्यक्षता तथा नगर प्रमुख पाण्डेको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन भएको हो । कार्यपालिका सदस्य जानका रेग्मीको स्वागत मन्तव्य बाट सुरु भएको उद्घाटन अवसरमा नेकपाका नेता हुकुम बहादुर बस्नेत, जिल्ला फुटवल संघ दाङका अध्यक्ष शुसिल श्रेष्ठ लगायतले बोलेका थिए ।

कार्यक्रमको सहजिरकण खेलकुद पत्रकार संघका अध्यक्ष लक्ष्मण बस्नेतले गरेका थिए । यसैविच, प्रतियोगिताको पहिलो खेलमा वडा नम्बर १५ विजयी भएको छ । वडा नम्बर ११ लाई १,० गोल अन्तरले वडा नम्बर १५ विजयी भएको हो । प्रतियोगितमा वडा नम्बर १५ का सुरेन्द्र चौधरीले १५ औ मिनेटमा गरेको गोल नै निर्णायब बनेको हो ।

१९ वडा सहभागि भएको प्रतियोगिता जेठ ३० गते सकिने छ । उता, आजदेखी सुरु भएको प्रथम घोराही नगरस्तरीय मेयर कप रनिङ फुटवल प्रतियोगिता को पहिलो खेलमा वडा नम्बर ५ ले वडा नम्बर ८ लाई शून्यका बिरुद्ध ६ गोलले पराजित गरेको छ । प्रतियोगिता असार ११ गते सम्म चल्ने छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ २५ गते शुक्रवार
प्रतिक्रिया