बबई गाउँपालिकामा २ जना औलो रोगि भेटिए

अर्जुन परियार, हापुरे २५ जेष्ठ ।
दाङको बबई गाउँपालिकामा औलोका बिरामी भेटीएका छन् । राष्ट्रिय औलो निबारण कार्यक्रम अन्तरगत जिल्ला जनस्वास्थ्य कार्यालय दाङको आयोजना तथा सेभ द चिल्ड्रेन दाङको प्राबिधिक सहयोग आज बबई गाउँपालिका ७ मलैमा गरिएको स्वास्थ्य परिक्षणमा २ जनामा औलो रोग भेटीएको बताइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय दाङका औलो निरिक्षक कमल चन्दको नेतृत्वमा आएको टोलीले गरेको औलो परिक्षणमा बबई गाउँपालिका ७ मलैका बलबहादुर बुढाथोकी र उहाँकी छोरी कमला बुढाथोकीमा औलो भेटिएको छ ।

जोरो आउने, टाउको दुख्ने जस्ता लक्षण भएका धेरै बिरामीहरु भेटिए पछि औलोको आसंकामा जिल्ला जनस्वास्थ्य कार्यालय दाङ औलो निरिक्षक सहित जिल्ला नजस्वास्थ्य दाङका ल्याब टेक्निसियन,सेभ द चिल्ड्रेन दाङका लामखुट्टे बिशेसज्ञ रोहित शाह लगाएतको टोली त्यस क्षेत्रमा पुग्नु भएकपुगेको थियो ।

त्यस स्थानका ५८ जनामा गरीएको परिक्षण पछि २ जनामा औलो भेटीए पछि पञ्चकुले स्वास्भ्य चौकीले निसुल्क धौषधी बितरण गरेको छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ २५ गते शुक्रवार
प्रतिक्रिया