रोल्पाको रुन्टीगढी ६ जातिय छुवाछुत मुक्त गाउँ घोषणा हुँदै

जेठ २४, २०७५

कमल खड्का, रोल्पा २४ जेठ ।
रोल्पाको रुन्टीगढी गाउँपालिका ६ जातिय छुवाछुत मुक्त गाउँ घोषणा हुने भएको छ । गाउँपालिकाको वडा नम्बर ६ (साविक डुब्रिङ गाविस) लाई जातिय छुवाछुत मुक्त घोषणा गर्न आज सरोकारवालाहरु बीच अन्तरक्रिया हुँदैछ ।

जातका आधारमा ठुलो र सानोे भनेर गरिने विभेद अन्त्यका लागि वडा अब कडा भएर प्रस्तुत हुने वडा अध्यक्ष जगतबहादुर घर्तीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस