नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता

काठमाडौं, २४ जेठ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण गरी बनाइएको नयाँ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा बुधबार दर्ता भएको छ ।
आयोगका कानुन अधिकृत अरुणकुमार झाका अनुसार आयोगको बुधबार बसेको बैठकले दुई पार्टीबीचको एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता गर्ने निर्णय गरेको हो ।

दुवै पार्टीको एकता घोषणा भएसँगै पार्टीले यही जेठ ३ गते आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो ।

प्रकाशित मिति : २०७५ जेष्ठ २४ गते बिहिवार
प्रतिक्रिया