हंसपुरमा दुनाटपरी बनाउने तालिम सुरु

तुलसीपुर, २१ जेठ ।
समाजिक रुपान्तरणका लागी हाम्रो अभियान दाङको आयोजना तथा बबई गाउँपालिका कार्यालयको आर्थिक सहयोगमा हंसपुरमा ४ दिने दुना टपरी बनाउने तालिम सुरु भएको छ । बबई गाउपालिका वडा नं. ३ हंसपुरमा एक कार्यक्रमको आयोजना गरी तालिमको उद्घाटन गरीएको छ ।

संस्थाका अध्यक्ष भिम बहादुर विश्वकर्माको अध्यक्षता एवं बबई गाउकार्यपालिकाका सदस्य टंकराज विश्वकर्माको प्रमुख आतिथ्यता तथा संस्थाका सल्लाहकार जोगेन्द्र विश्वकर्माको विशिष्ट आतिथ्यतामा तालिमको उद्घाटन गरीएको हो ।

सो अवसरमा वडा नं. ३ का वडा अध्यक्ष नन्दलाल वली, बन समितिका अध्यक्ष लिल बहादुर वली, वडा सदस्यहरु खड्ग बहादुर खत्री, मोहनलाल वली, सरस्वती नेपाली, मन्जु वली, महिला सन्जालका दिपा केसी र पिमा शर्मा लगाएतले बोलेका थिए । तालिमको सहजीकरण संस्थाका सदस्य किरण विश्वकर्माले गरेका थिए । चार दिन सम्म सन्चालन हुने तालिमको प्रशिक्षकमा खेमलाल महतरा रहेका छन् ।

प्रकाशित मिति : २०७५ जेष्ठ २१ गते सोमवार
प्रतिक्रिया