उद्घोषण तालिम समापन

तुलसीपुर,२१ जेठ ।
तुलसीपुर उपमहानगरपालिका वडा ११ को आयोजनामा शिद्धेश्वरी नागरिक सचेतना केन्द्रका महिला लागि तिन दिन उद्घोषण तालिम सकिएको छ । वडा अध्यक्ष चित्र बहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले हरेक तहमा महिलाको सहभागिता भए मात्र समाज समृद्ध बन्न सक्ने बताएका थिए ।

तालीमको प्रशिक्षक महिला अधिकारकर्मि शुष्मा गिरी र वडा सदस्य शुवास डाँगी रहेका थिए । कार्यक्रम समापन अवसरमा वडा सदस्यहरु निर्मा चौधरी, खिमा विक, प्रशिक्षक सुष्मा गिरी, कर्मचारी लक्ष्मी चौधरी, सहभागी अनिता चौधरी, रेशमी चौरी, सुन्तलि चौधरी, लगायतले बोलेका थिए । अनिता चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण सचेतना केन्द्रकी ललिता चौधरीले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७५ जेष्ठ २१ गते सोमवार
प्रतिक्रिया