हाजिरी जवाफ प्रतियोगितामा ‘गोल्डेन स्टार’ प्रथम

 तुलसीपुर,१५ जेठ ।

तुलसीपुर उप महानगरपालिका वडा नम्वर ११ को आयोजामा प्रावि स्तरिय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । ९ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा गोल्डेन स्टार वोर्डिङ स्कुल वेल्टाकुराको तर्फबाट आस्तीका योगी,संगम लामिछाने र सन्ध्या मल्लको समुह प्रथम भएको छ ।

यस्तै चन्द्रोदय विद्याकुञ्ज जसपुर द्धितिय र दंगिशरण वोर्डिङ स्कुल तृतिय भएको थियो । सो अवसरमा प्रथम हुनेलाई ५ हजार, द्धितिय हुनेलाई लाई ४ हजार र तृतिय हुनेलाई ३ हजार रुपैयां पुरस्कार समेत प्रदान गरिएको थियो । वडा अध्यक्ष चित्र वहादुर वलीको अध्यक्षता तथा अमर मावि उरहरीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरु प्रसाद आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

सो अवसरमा महिला मानवअधिकार रक्षकहरुको सञ्जालका जिल्ला अध्यक्ष शुष्मा गिरी, शिक्षकहरु थानेश्वर आचार्य, गोमा बालान क्षेत्रि, चन्द्रोदय हरि वली, वडा सदस्य घनश्याम गौतम लगायतले बोलेका थिए  वडा सदस्य निर्मा चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा वडा सदस्य सुवास डांगीले धन्यवाद ज्ञापन गरेका थिए भने सहजिकरण वडाकी कर्मचारी लक्ष्मी चौधरीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७५ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया