नारायणपुरमा १६ वर्षिया बालिका मृत अवस्थामा फेला

तुलसीपुर , १२ जेठ ।
दाङमा एक स्कुले बालिका मृत अवस्थामा फेला परेकी छिन् । घोराही उपमहानगरपालिका वडानम्वर १० स्थित सिद्ध रत्ननाथ माध्यमिक विद्यालय नारायणपुरको कक्षा १० मा अध्ययनरत छात्रा अन्दाजी १६ वर्षिय मुना ओली हिजो साँझ झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उनले आत्महत्या गरेको हो वा अरु कसैले हत्या गरेको भन्ने वारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रमुख दुर्गा सिंहले बताएकी छिन् । उनका अनुसार मृतक मुना केटा साथीको घरमा गएर फर्केपछि उनी आफनै केटी साथीको कोठामा गएको र त्यहि मृत अवस्थामा फेला परेको बताइएको छ । घटनाको विषयमा शंका लागेर प्रहरीले उनका साथी मनोज न्यौपानेलाई सोधपुछका लागी नियन्त्रण लिएको छ ।
यस बारेमा शवको पोष्टमार्टम गरेपछि मात्र मुत्युको कारण खुल्न सक्ने प्रहरीको भनाई छ । मृतकको शवलाई पोष्टमार्टमका लागी राप्ती उपक्षेत्रिय अस्पतालमा राखीएको छ । यता मृतकका परिवारले आत्महत्या नभई हत्या भएको आशंका गरेका छन् । उनीहरुले केटा संग प्रेम सम्बन्ध भएको र केटाको घरमा गएकी उनलाई केटाका अभिभावकले गाली गरेको भन्ने कुरा आफुहरुले थाहा पाएको हुदा हत्या नै भन्दै सत्यतथ्य छानविन गर्न पिडित पक्षले माग गरेका छन् ।

प्रकाशित मिति : २०७५ जेष्ठ १२ गते शनिवार
प्रतिक्रिया