सभामुख महराद्धारा समयमै बैठकमा उपस्थित हुन अनुरोध

तुलसीपुर,१२ जेठ ।
प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पुर्व निर्धारित समयमै बैठकमा उपस्थित हुन सरकार र सांसदहरुको गम्भीर ध्यानकर्षण गराउनुभएको छ । बैठकमा सांसदहरुको न्युन उपस्थिति, सरकारको अनुपस्थितिका कारण समयमै बैठक संचालन हुन नसकेको भन्दै उहाँले त्यसमा सरकार र सांसदहरुको गम्भीर ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपतिको संबोधनलाई लिएर सांसहरुबाट व्यक्त संसदीय मर्यादा भन्दा बाहिरका शब्दहरुमा पनि संसदको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।

प्रकाशित मिति : २०७५ जेष्ठ १२ गते शनिवार
प्रतिक्रिया