टिप्परको ठक्कर बाट तुलसीपुरमा एक महिला गम्भीर घाईते

तुलसीपुर,११ जेठ ।

टिप्परले स्कुटीलाई ठक्कर दिदा तुलसीपुरमा एक महिला गम्भीर घाईते भएकि छिन । घाइते हुनेमा स्कुटी चालक तुलसीपुर ३ दमारगाउ निवासि टिना केसी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

उनको अहिले अञ्चल अस्पतालमा उपचार भैरहेको छ । तुलसीपुरको जेसिज चौकमा रा १ क ५८३ नम्बरको टिप्परले रा ३ प २५३३ नम्बरको स्कुटीलाई आज विहान ठक्कर दिएको डिएसपी प्रकाश सापकोटाले बताए । टिप्पर र चालक प्रहरीको नियन्त्रणमा रहेको डिएपी सापकोटाले बताए ।

प्रकाशित मिति : २०७५ जेष्ठ ११ गते शुक्रवार
प्रतिक्रिया