विद्युत सेवा अवरुद्ध हुनुको कारण यस्तो छ ?

जेठ ०९, २०७५

तुलसीपुर,९ जेठ ।

पश्चिम दाङ सहित दुई जिल्लामा आज दिनभर विद्युत सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरमा घोराही वितरण केन्द्रबाट आउने ३३ केभि प्रशारण लाईन अन्र्तगतको घोराहीमा रहेको मुख्य शव स्टेशनमा रहेको सर्किट ब्रेकर र लाईटिनिङ एरेष्टर मा समस्या भएको भन्दै आज विहान ९ वजेदेखी पश्चिम दाङ सहित सल्यान र रुकुममा विद्युत अवरुद्ध भएको विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले जनाएको छ ।

मुख्य शव स्टेशनमा खरावी आएपछि वितरण केन्द्र तुलसीपुर र घोराहीबाट प्राविधिक खटाएर मर्मत कार्य भईरहेको वितरण केन्द्र तुलसीपुरले बताएको छ । विद्युत आपुर्ति नहुदा उपभोक्ताहरु मर्कामा परेका छन् ।

दिनभर बिद्युत सेवा अवरुद्ध हुदा पश्चिम दाङ सहित सल्यान र रुकुम जिल्ला विद्युत विहिन भएको छ । विद्युत प्राधिकरणका अनुसार मर्मत कार्य जारी भएको हुदा साँझ सम्म विद्युत आपुर्ति हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस