अनुमति विना विरुवा वितरण नगर्न आग्रह

मनिषा राई, रोल्पा ४ जेठ ।
मनकामना एग्रो फरेष्टी एग्रो प्रालीले जिल्ला वन कार्यालयको अनुमति विना अवैध मसला जातको विरुवा वितरण गरेको भन्दै जिल्ला प्रशासन कार्यालय रोल्पाले त्यसो नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय रोल्पाका अनुसार प्रालीले करेन्टाइन, भन्सार, वाणिज्य विभाग लगाएतमा दर्ता भए पनि जिल्ला वन कार्यालयको अनुमति भने नलिएको जनाएको छ ।

जसले गर्दा विरुवा वितरणमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी गन्जवहादुर एमसिले जानकारी दिनुभयो । उक्त मसला जातको विरुवा विदेशि भएको र १२ सय मिटर भन्दा माथिको उचाइमा नहुर्किने विज्ञहरुले बताएका छन् । रोल्पाका भुभागहरु प्राय १२ सय मिटर अग्ला भएकाले उक्त जातको विरुवाबाट कृषक ठगिने भन्दै विक्रिमा रोक लगाएको प्रजिअ एमसिको भनाइ छ ।

विक्रेताहरुले रोल्पा नगरपालिका १० धवाङका स्थानीयलाई प्रलोभनमा पारि रोल्पामा प्रति विरुवाको १०५ देखि १२९ सम्म लिएको र अहिले आफूहरु ठगिएको महसुस भएको भन्दै जिल्ला प्रशासनमा उजुरी दिएकाले विरुवा वितरणमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ ४ गते शुक्रवार
प्रतिक्रिया