आईपीएलमा अघि बढ्दै मुम्बई, पञ्जाव ३ रनले पराजित

जेठ, ३ ।

आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले रोमाञ्चक जितसँगै महत्वपूर्ण २ अंक थपेको छ । बुधबार रातिको खेलमा मुम्बइले किंग्स इलाभेन पञ्जावलाई ३ रनले हराएको हाे । जितसँगै १३ खेलबाट १२ अंक बनाएको मुम्बई अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । १ सय ८७ रनको लक्ष्य पाएको पञ्जावले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८३ रन मात्र बनाउन सक्यो ।

पञ्जावका लोकेश राहुलले ९४ र एरोन फिन्चले ४६ रन बनाए पनि टिमलाई जिताउन त्यो पर्याप्त भएन । जसप्रित बुम्राहले ४ ओभरमा मात्र १५ रन दिएर ३  विकेट लिएपछि मुम्बइको रोमाञ्चक जित सम्भव भएको थियो ।

पहिले ब्याटिङ्ग गरेको मुम्बइका लागि किरोन पोलार्डले ५० र हार्दिक पाण्ड्याले ३२ रन बनाएका थिए । पञ्जाबका एण्ड्रयु टायले ४ विकेट लिए । हारसँगै १३ खेलबाट १२ अंक बनाएको पञ्जाब अंक तालिकाको छैटाैँ स्थानमा छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ ३ गते बिहिवार
प्रतिक्रिया