रुपन्देहीमा मजदुरमाथि गोली प्रहार

रुपन्देही, जेठ ३ ।

रुपन्देहीमा एक जना मजदुरमाथि गोली प्रहार भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मा घर निर्माणमा कार्यरत कोटइमाई–४ रुपन्देहीका रामकेश धबलमाथि बुधबार राति गोली प्रहार भएको हो । खाना पकाउदै गरेका धवललाई नचिनेका मान्छेको समूहले गोली प्रहार गरेको हो ।

गोली लागेर गभ्भीर घाइते भएका धवलको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । धवलको अवस्था चिन्ताजनक छ । घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको र गोली प्रहार गर्नेको खोजि भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख श्याम ज्ञवालीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७५ जेष्ठ ३ गते बिहिवार
प्रतिक्रिया