निजि विद्यालय छोडेर सामुदायीक विद्यालयमा भर्ना

हिमाल शर्मा ,सल्यान ३ जेठ ।
पहिले पहिले सुनसानहुने सल्यानका सरकारी विद्यालयहरुमा अहिले विद्यार्थीको चाप वढ्न थालेको छ । पछिल्लो समयमा समाुदायीक विद्यालयमा शिक्षामाको गुणस्तरमा सुधार आउन थालेपछि निजि विद्यालय छाडेर सामुदायीक विद्यालयमा जाने विद्यार्थीको संख्यामा वृद्धि भएको पाईएको छ ।

जिल्लाका सामुदायीक विदयालयमा पनि निजि विद्यालयमा जस्तै गरी अङग्रेजी र नेपाली दुवै माध्यामवाट पढाई हुन भालेपछि निजि विद्यालय छाडेर सामुदायीक विद्यालयमा विद्यार्थीको संख्यामा वृद्धि भएको शिक्षामा सरोकार राख्ने शिक्षा विद्हरुको भनाई रहेको छ ।

पहिले–पहिलेका वर्षमा सामुदायीक विद्यालयमा मुस्कीलले २,३ सय जति विद्यार्थी हुने गरेकोमा अहिले कम्तीमा एक हजार भन्दा वढी विद्यार्थी भर्ना भएको विद्यालयहरुले जनाएका छन । पहिले पहिले आफनो विद्यालयमा मुस्कीलले तिन चार सय हुनेगरेको विद्यालयमा अहिले करिव ६सय ५० जना विद्याथी भर्ना भएको त्रिभुवन जन माद्यामीक विद्याल लुहापिङ खलंगाका प्राचार्य माधव विक्रम जिसीले वताउनु भयो ।

उहाँका अनुसार पहिले–पहिले सरमुकाम खलंगामा रहेका निजि विद्यालयले राम्रो सँग वढाउछौ भन्दै खलंगा वरीपरिका विद्यार्थीलाई जिनि विद्यालयमा लिने गरेकाले सामुदायीक विद्यालयमा विद्यार्थी संख्या कम भएको उहाँले वताउनु भयो । आफ्नो विद्यालयमा ९ कक्षा देखी प्राविधिक धारको इन्जीनेरीङ पढाई संचालय भएकाले र कक्षा नर्सरी देखी कक्षा १० सम्म दुवै माध्यामवाट कक्षा संचालन भएको कारण आफनो विद्यालयमा विद्यार्थीको चाप वढेको प्राचार्य जिसीले वतानु भयो ।

शिक्षामा देखीएका विकृतिलाई अन्य गदै शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याने उदेश्यका साथ आफु लागेको उहाँले वताउनु भयो । यस्तै शिवजन माद्यामीक विद्याय सितलपाटीमा पनि यस वर्ष विद्यार्थीको चाप वढेको छ । गतवर्ष सामुदायीक विद्यालय छाडेर निजि विद्यालयमा जाने विद्यार्थीहरु अहिले सामुदायीक विद्यालयमा आउने विद्यार्थीको संख्यामा वृद्धि भएको शिवजन माद्यामीक विद्यालयका प्राचार्य हिरालाल नेपालीले जानकारी दिनुभयो ।

पहिलेका वर्षमा सल्यानको सितलपाटीमा संचालित निजि विद्यालयमा जाने गरेका विद्यार्थी अहिले सामुदायीक विद्यालयमा आउने गरेका उहाँले वताउनु भयो । पहिलेका वर्षमा आफनो विद्यालयमा मुस्कीलले ६सय जति विद्यार्थी भएकोमा यस वर्ष १ हजार २ जना विद्यार्थी विदुयालयमा भर्ना भएको उहाँले वताउनु भयो ।

सल्यानको सितलपाटीमा संचालित निजि विदु्यालयमा करिव ४ सय जति विद्यार्थी आफ्नो विद्यालयमा भर्ना भएको उहाँले वताउनु भयो । पछिल्लो समयमा सामुदायीक विद्यालयमा शिक्षाको गुणस्तर राम्रो भएको कारण विद्यार्थीका संख्यामा वृद्धि भएको विद्यालयका प्राचार्य हिरालाल नेपालीले जानकारी दिनुभयो ।

शिवजन माद्यामीक विद्यालय सितलपाटी सल्यानमा यसवर्ष प्रोजेक्टरको माध्यामवाट कक्षा संचालन गरेका पनि उहाले जानकारी दिनु भयो । यस्तै जन ज्योति माद्यामीक विद्यालय फारुलाचौरमा पनि विगतका वर्ष भन्दा यस वर्ष विद्यार्थी भर्नामा वृद्धि भएको विद्यालयम जनाएको छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ ३ गते बिहिवार
प्रतिक्रिया