पार्टी एकता प्रक्रियालाई अघि बढाउन सहमत

तुलसीपुर,२ जेठ ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी एकता प्रक्रियालाई अघि बढाउन सहमत भएका छन् । आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको दुई नेताको बैठकमा एकताको सहमति जुटेको हो ।

दुई नेताबीच तत्काल एकता संयोजन समितिको बैठक बोलाउने सहमति पनि जुटेको छ । दुई पार्टी बीचका वैचारिक र सांगठनिक कार्यदलहरुले दिएका प्रतिवेदनमा मिल्न बाँकी विषय मिलाएर एकता संयोजन समितिको बैठकमा प्रस्ताव ल्याउन एक महिनाअघिको संयोजन समितिको बैठकले अध्यक्षद्वयलाई जिम्मेवारी दिएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको दुई अध्यक्षबीचको वार्तामा आजै साँझ वा भोलिसम्म एकता संयोजन समितिको बैठक बस्ने गरि तयारी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो । शीर्ष नेताहरुले निर्वाचनपछि चाँडै एकता हुने बताउँदै आए पनि मिति तय नहुँदा अन्योल देखिएको थियो ।

प्रकाशित मिति : २०७५ जेष्ठ २ गते बुधवार
प्रतिक्रिया