भाग्यले बाँचेकी करिश्मा

जेठ ०२, २०७५

तुलसीपुर, २ जेठ

सडकमा गुडिरहेको ट्रयाक्टर एक्कासी गरल्यामगुर्लुम गर्दै घरमा ठोक्किन पुग्यो । सडकमा तिब्रगतिमा गुडिरहेको रा१त १०५६ नम्बरको ट्रेक्टर अनियन्त्रीत भई पल्टीदा घर अगाडि बरन्डामा खेलिरहेकी ढाई बर्षकी करिश्मा बबाललाई समेत छोप्यो । सडक देखि करिब एक मिटर तल टे«याक्टर पल्टीदै ठोक्किन पुगेपछि होटेल र किराना पसलका मान्छेहरुको कोलहाल बढ्यो । बालिका करिश्मा टे«याक्टर भित्र छोपिएपछि आफन्तको होसहवास नै उड्यो । तर बालिका टे«याक्टर भित्रबाट निहुरियर बाहिर आइन् ।

आफन्तका आँखामा हर्षका आँसु टिलपिलाय । खुशी हुदै आमा लिला बबालले भनिन् ‘धन्य मेरो प्रभु मेरी छोरीलाई बचाई दियौ ।’ घटनाको विषयमा बुधबार सोधपुछ गर्ने क्रममा लिलाले भनिन् ‘हिजो च्यापीएकी भनेकी मेरी छोरी यहि हो बाँची र आज स्कुल जान लागेकी छ ।’ बालिकालाई कुनै पनि ठाउँमा चोट लागेको देखिदैन् । टे«क्टरको अगाडिको भागले जमिन छोएका कारण बालिकालाई चोटपटक नलागेको प्रत्यक्ष दर्शीले बताएका छन् ।


नाटक झै लाग्ने यो बास्तविक घटना मंगलबार साँझ करिब सवा छ बजेको हो । प्रहरीका अनुसार ट्रेक्टर चालक रमेश बहादुर शार्कीले तिब्रगतिमा टेक्टर चलाएका कारण दुर्घटना भएको हो । यद्यपी मानविय क्षेति भने हुन पाएन । टे«क्टर पल्टीय लगत्तै भागेका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नयाँ बसपार्क स्थित ग्यारेज पछाडिको दक्षिण तर्फ जाने सडकको घुम्तीमा उक्त दुर्घटना भएको थियो । मिक्सर ल्याउन चालकले टेक्टरको अगाडिको भाग लिएर जाँदै थिए ।

 

प्रतिक्रिया दिनुहोस