राष्ट्रिय दुवाथलन प्रतियोगिता तुलसीपुरमा हुँदै

जेठ ०२, २०७५
सन्तोष के सि
तुलसीपुर, २ जेठ/ गणतन्त्र दिवसको अबसरमा तुलसीपुरमा खुल्ला राष्टिय दुवाथलन पुरुष तथा महिला प्रतियोगिता हुने भएको छ । खेल क्षेत्रको विकास र विस्तारको लागि जिल्ला ट्राइएथलन संघको आयोजनामा उक्त प्रतियोगिता हुने संघका जिल्ला अध्यक्ष गेदलाल भण्डारी (गोविन्द) ले जानकारी दिनु भयो । उक्त कार्यक्रम जेष्ठ १५ गतेका दिन हुने भएकाले सहभागि हुन चाहाने खेलाडीहरुले जेष्ठ १२ गते सम्म संघमा सम्र्पक गरी नाम दर्ता गर्न सकिने छ । दुवाथलन प्रतियोगितामा रनिङ ७ किलोमिटर र साइकिलीङ् २० किलो मिटर हुने भएको छ । नेपाल ट्राइएथलन संघको संयोजनमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडीहरुको उपस्थिति खेल सञ्चालण हुने भएको छ । साथै संघले जिल्ला कार्यसमितीमा ११ जना बाट ४ जनालाई मनोनित गरि १५ जनाको कार्यसमिती बनाएको छ । सदस्यमा सन्तोष केसी, एकराज बस्नेत, विष्णु चौधरी र यादव चौधरी रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस