युवा संघको केन्द्रीय सदस्यमा दाङबाट दुई जना मनोनित

तुलसीपुर,१ जेठ ।

एमाले निकट युवा संघको केन्द्रीय सदस्यमा दाङबाट दुई जना मनोनित भएका छन । जिल्लाबाट विकास ज्ञवाली र मौसम आचार्य केन्द्रीय सदस्यमा मनोनित भएका हुन । यसअघि ज्ञवाली युवासंघ केन्द्रीय प्रशिक्षण विभाग सचिव र आचार्य जिल्ला कमिटि अध्यक्ष थिए ।

संघका निवर्तमान अध्यक्ष राजिव पहारि प्रदेशसभामा निर्वाचित भएपछि रमेश पौडेलको अध्यक्षतामा सम्मेलन आयोजक कमिटिलाई पुनर्गठन गरिएको छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया