हावाहुरीले कुखुरा फर्ममा क्षती,आठ सय कुखुरा मरे

तुलसीपुर,३१ बैशाख ।
गयरातिको हावाहुरीले दाङ लगायतका ठाउहरुमा क्षती पुराएको छ । लमही घोराही सडकमा विद्युत तार चुडिदा राति देखि नै विद्युत अवरुद्ध भएको छ । यता तुलसीपुर १२ हरीपौरीमा रहेको सम्झना लेस फर्ममा ठुलो क्षती पुराएको छ । फर्ममा रहेका ८ सय लेस कुखुराका मरेको स्थािनय शिक्षक कालिचरण चौध्रीले जानकारी दिएका छन ।

घरपुर्णरुपमा भत्कीदा कुखुरा मरेको जनाइएको छ । एक हजार कुखुरा मध्ये २ सय कुखुरा मात्र जिवित रहेका छन । पिडितका अनुसार १० लाख बराबरको क्षती भएको छ ।

प्रकाशित मिति : २०७५ बैशाख ३१ गते सोमवार
प्रतिक्रिया