प्युठानमा बस दुर्घटना हुदा पाँच जनाको ज्यान गयो

तुलसीपुर,३० बैशाख ।

प्युठानमा बस दुर्घटना हुदा पाँच जनाको ज्यान गएको छ । अरु २५ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको वुटवल,२१ जनाको जिल्ला अस्पताल विजुवारमा उपचार भैरहेको डिएसपी राजेन्द्र पोखरेलले जनाएका छन । दुर्घटनामा ज्यान गुमाउएका मध्ये कैलालि निवासि बस चालक विर बहादुर थारुको मात्र सनाखत भएको छ ।

अरु चार जनाको सनाखत हुन सकेको छैन । प्युठान–भालुवाङ सडकखण्ड अन्र्तगत सरुमारानि गाउपालीका ४ पाकुरी भन्ने ठाउमा ना ४ ख १८७६ नम्बरको बस सडकबाट तल खसेको डिएसपी पोखरेलले बताए ।

महेन्द्रनगर बाट प्युठान जादै गरेको बस आज विहान ३ बजे तिर दुर्घटनामा परेको हो । साघुरो सडकमा एक्कासी बसको लाइट निभेपछि बस खसेको जनाइएको छ ।

फाईल फोटो

प्रकाशित मिति : २०७५ बैशाख ३० गते आइतवार
प्रतिक्रिया