बबईमा नेपाल बंगलादेश बैँकको शाखा स्थापना

तुलसीपुर,२९ बैशाख ।
दाङको बबई गाउँपालिकामा नेपाल बंगलादेशको बैँकको शाखा स्थापना गरिएको छ । गाउँपालिकाको केन्द्र हापुरेमा आज एक समारोहकाबीच प्रदेश सांसद उत्तरकुमार वलीले बैंकको ६४ शाखाको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद वलीले बैँकलाई नाबालक बचत खाता संचालन गर्न बैँकको व्यवस्थापन पक्षलाई आग्रह गरेका थिए ।
कार्यक्रममा बैँकका शाखा प्रबन्धक स्वाधीनसिंह बस्नेतले आफूहरुले बबई गाउँपालिकामा पनि अन्य शाखा जस्तै सेवा सुविधा दिने बताउनुभयो । नेपाल बंगलादेश बैँक नेपाल राष्ट्र बैँकबाट क वर्गको मान्यता प्राप्त बैँक हो । गाउँमै बैँक खुलेपछी त्यहाँका सर्वसाधारलाई बैंकीङ कारोबारका लागि तुलसीपुर बजारसम्म पुग्नुपर्ने बाध्यता टरेको छ ।

प्रकाशित मिति : २०७५ बैशाख २९ गते शनिवार
प्रतिक्रिया