ट्याक्टर दुर्घटना हुदा दुई जनाको ज्यान गयो

तुलसीपुर, २८ बैशाख । रोल्पामा ट्याक्टर दुर्घटना हुदा दुई जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाले दिएको जानकारी अनुसार सुनिल स्मृति गाउँपालिका वडा नंम्वर ४ देउखुरी खोलामा आज विहान ट्रयाक्टर दुर्घटना भएको हो ।
दुर्घटनामा परि ज्यान जानेमा सुनिल स्मृति गापा ४ सुलिचौर छिर्नेका अन्दाजी २८ वर्षिय शिव वली र सोही गाउपालिका बाग्माका अन्दाजी २८ वर्षिय ट्याक्टर चालक तारा रोका रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । यस्तै दाङ तुलसीपुर निवासी किरण राना गम्भिर घाईते भएका छन् ।
रानालाई थप उपचारका लागी कोहलपुर रिफर गरीएको छ । रोल्पाको लिबाङ तर्फ जादै गरेको महाकाली यातायातको ना २ ख ५२५ को बस र बिपरित दिशा सुलिचौर बाट खुङ्ग्री तर्फ आउदैै गरेको लु १ त ७१५६ को ट्याक्टर ठोकिदा दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा भने समान्य क्षति पुगेको छ । बस संग ठोकिएर ट्याक्टर ब्याक हुदा ब्रेक फेल भई उक्त दुर्घटना भएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०७५ बैशाख २८ गते शुक्रवार
प्रतिक्रिया