रुकुममा महोत्सवको सम्पुर्ण तयारी पुरा

बैशाख २६, २०७५

रुकुम बैशाख २६
रुकुम पर्यटन तथा साँस्कृतिकमहोत्सवको उद्घाटन भोलीविहीबार दिउँसो १ बजे हुने भएको छ । रुकुम यातायात प्राली, युवा सञ्जाल रुकुम र ग्राण्डि इन्टरनेशनल होलिडेजले सयुंक्त रुपमाआयोजना गरेको महोत्सवको सम्पूर्ण तयारी पूरा भैसकेको महोत्सव मुलआयोजक समितिका अध्यक्ष केशव रावलले जानकारी दिनुभयो ।
‘हामीले सबै तयारी सकेका छौं,’अध्यक्ष रावलले भन्नुभयो, ‘अबउद्घाटनको मात्रै कार्यक्रमबाँकी छ ।’महोत्सवउद्घाटनको दिनमहोत्सवको औपचारीकउद्घाटन तथाअन्यविविधकार्यक्रमहुनेछन् ।
महोत्सवमा विभिन्न किसिमका झाँकी प्रर्दशन, भूमे, मयुर नाँच लगायतका प्रर्दशन गरिने छ । उद्घाटनको दिनमहोत्सव स्थलमा निःशुल्क प्रवेश पाउने व्यवस्था गरिएको छ । महोत्सवमा ६० हजार दर्शक आउने लक्ष राखिएको छ ।
महोत्सवपश्चात रुकुमको पर्यटकीय चिनारी भिडियो डकुमेन्ट्र निर्माण, पर्यटकीय पुस्तक चिनारी प्रकाशन गरी रुकुमको समग्र प्रचार प्रसारमा टेवापुर्याउने उद्देश्य पनि महोत्सवले राखेको छ । ‘प्राकृतिक सुन्दरताहाम्रो सान, कमलताल र सिस्ने हाम्रो मान, साँस्कृतिकविविधताबीचएकताहाम्रो पहिचान’भन्ने नारा तय गरिएको छ । महोत्सवको अवधिमा एक लाख पुरस्कार राशिको खुलापुरुषभलिबल, ३० हजार पुरस्कार राशिको मयुर नाँच प्रतियोगिता, दश हजार पुरस्कार राशिको आमा समूह विशेष कला प्रर्दशनी, दशहजार पुरस्कार राशिको भूम्या नाँच कला प्रर्दशनी, दश हजार राशिको पैसेरु नाँच, दश हजार पुरस्कार राशिको सिंगारु नाँच, दश हजार पुरस्कार राशिको सोरठी नाँच र ३० हजार पुरस्कार राशिको रुकुम डान्स आइडल सञ्चालनहुनेछ । महोत्सव अवधिभर राष्ट्रि तथा स्थानीय कलाकारको प्रस्तुती रहने छ । उद्घाटनको दिन बाहेक अन्य सबै दिन राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुती देखाउनेछन् । महोत्सवको मुल उद्देश्य नै प्रचार प्रसार भएपछि जिल्लामा भएका नाँचहरुको प्रर्दशन नगरेर नहुने भनाई मुलआयोजक समितिको छ ।

प्रतिक्रिया दिनुहोस